आलिताल गाउँपालिका/RVWRMP द्वारा चेतना सहकारीलाई ल्यापटप र प्रिन्टर सहयोग

sc mahendra

जेष्ठ  २५ , डडेलधुरा आलिताल गाउँ पालिका / ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले चेतना साना किसान कृषि सहकारी संस्था लि आलिताललाई ल्यापटप सहयोग गरेको छ । बुधबार पालिकाका प्रशासकिय प्रमुखले उक्त सामाग्री हस्तान्तरण गरेका हुन । आलिताल गाउँ पालिका / ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाको सयुक्त लगानीमा एक थान ल्यापटप र एक थान प्रिन्टर खरिद गरि सहकारी संस्थालाई हस्तान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश राज जोशीले जानकारी दिनु भयो । आलितालको एक मात्र नमुना कार्य गरिरहेको सहकारीलाई कार्य सम्पादन गर्न सहज होस भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको परियोजना प्रमुख हेमराज पनेरुले बताउनु भयो। पनेरुका अनुसार परियोजनाले संस्था बिकासका लागि विभिन्न लेखा तालिम तथा आबस्यक सामाग्री सहयोग गर्दै आइरहेको बताउनु भयो । उनले भने सहकारी संस्था मार्फत हामिले किसानहरुलाइ आधुनिक प्लाष्टिक घर,गुमज खेती,खुल्ला खेतीका कार्यक्रम तथा ब्यबसायिक तरकारी खेती सम्बन्धी तालिममा सहयोग गरेको समेत बताउनु भयो। उता करिव दुई हजार सदस्य रहेको र करिव तीन करोड बरावरको कारोवार गरिरहेको सहकारी संस्थाका अध्यक्ष कृष्ण दत्त जोशीका अनुसार आलिताल गाउँ पालिका / ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले गरेको सहयोग संस्थाका लागि अमुल्य भएको भन्दै उपलब्ध सामाग्रीको उचित प्रयोग गरि सदस्यलाइ छिटो छरिटो सेवा दिन र हिसाब चुस्त दुरुस्त राख्न आफुहरु लागि पर्ने बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.