बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले अछामका बलदेव शाह (बाकावीर) र कैलालीका लोकराज ढकाललाई शहीद घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रीपरिषद्को सोमवारको बैठकले अछामको ककड शान्ता मोतिपुरकोटमा जन्मिएका बाकावीर र कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरका लोकराज ढकाललाई शहीदको मान्यता दिने प्रस्ताव गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रदेश सरकारका अनुसार बाकावीरले राणा शासनकालमा अछामी जनतामाथि भएको अत्याचारविरुद्ध बहादुरीपूर्वक लडाइँ लडेका थिए। उनी वि.सं. १९०६ मा राणाविरुद्धको विद्रोहका क्रममा सहादत प्राप्त गरेका थिए। स्थानीय जनताको लागि प्रेरणाको स्रोत बनेका बाकावीरलाई जिल्ला समन्वय समिति अछामको सिफारिसका आधारमा सम्मानित गरिने निर्णय भएको हो।

त्यसैगरी, लोकराज ढकाललाई २०५५ साल माघ ४ गते माओवादी विद्रोहका क्रममा हत्या गरिएको थियो। तरुण दलका सदस्य समेत रहेका ढकाललाई सशस्त्र द्वन्द्वताका सुरुवाती शहीदका रूपमा लिइन्छ। लम्कीचुहा नगरपालिकाको सिफारिसका आधारमा उनको योगदानको कदर गर्दै प्रदेश सरकारले सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारले यो निर्णयले शहीदहरूप्रति सम्मान र न्याय सुनिश्चित गर्न सघाउ पुग्ने विश्वास लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.