आलिताल गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण खोप वडा घोषणा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ५ लाई ‘पूर्ण खोप वडा’ घोषणा गरिएको छ। मंगलबार एक कार्यक्रमकाबीच वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो।

Dadeldhura Hospital

वडाध्यक्ष डम्बरबहादुर ढाँटको सभापतित्वमा सम्पन्न भएको पूर्ण खोप वडा घोषणा कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल रहेकी थिइन्।कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य कुन्ति जोशीको उपस्थितिमा वडालाई पूर्ण खोप घोषणा गरिएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

वडामा रहेका दुई वर्ष मुनिका ३५ जना बालबलिकाले सबै प्रकारका खोप लाएको सुनिश्चितता गरी वडालाई पूर्ण खोप घोषणा गरिएको वडासचिव मेखराज जोशीले जानकारी दिए।
सोमबार आलितालको ४ न. वडालाई पनि पूर्ण खोप घोषणा गरिएको थियो ।

आधारभूत स्वास्थ्य केन्द्र आलिताल–५ को आयोजित कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयहरूको उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.