parwat hotel
Citizan

एकै दिन आलितालका २ वटा वडा लाई ‘पूर्ण खोप वडा’ घोषणा

Chure

डडेल्धुरा: एकै दिन आलितालका २ वटा वडा लाई ‘पूर्ण खोप वडा’ घोषणा गरिएको छ । आजै एक कार्यक्रम गरि आलितालका वडा नम्बर ३ र ५ लाई पूर्ण खोप वडा’ घोषणा गरिएका हो ।

३ नम्बर वडाध्यक्ष बल बहादुर बुढामगरले वडा भित्र रहेका ३४ जना बालबालिका मध्ये ३४ जनाले नै खोप कार्यक्रममा सहभागी भई खोप लगाई सकेकोले वडालाई पूर्ण खोप घोषणा गरिएको बताए ।

glam &
Citizan
alitalnewyear2081

वडामा रहेका दुई वर्ष मुनिका ३४ जना बालबलिकाले सबै प्रकारका खोप लाएको सुनिश्चितता गरी वडालाई पूर्ण खोप घोषणा गरिएको ३ नम्बर वडासचिव हरि प्रसाद जोशीले जानकारी दिए।
आधारभूत स्वास्थ्य केन्द्र आलिताल–३ को आयोजित कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयहरूको उपस्थिति रहेको थियो।

lali

यो पनि पढ्नुहोस्……….
आलिताल गाउँपालिका वडा नम्बर ५ लाई पनि ‘पूर्ण खोप वडा’ घोषणा गरिएको छ। मंगलबार एक कार्यक्रमकाबीच वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो।

वडाध्यक्ष डम्बरबहादुर ढाँटको सभापतित्वमा सम्पन्न भएको पूर्ण खोप वडा घोषणा कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल रहेकी थिइन्।कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य कुन्ति जोशीको उपस्थितिमा वडालाई पूर्ण खोप घोषणा गरिएको हो ।

वडामा रहेका दुई वर्ष मुनिका ३५ जना बालबलिकाले सबै प्रकारका खोप लाएको सुनिश्चितता गरी वडालाई पूर्ण खोप घोषणा गरिएको वडासचिव मेखराज जोशीले जानकारी दिए।
सोमबार आलितालको ४ न. वडालाई पनि पूर्ण खोप घोषणा गरिएको थियो ।

आधारभूत स्वास्थ्य केन्द्र आलिताल–५ को आयोजित कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयहरूको उपस्थिति रहेको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.