आलितालमा बन्न लागेको १० शैयाको अस्पताल निर्माणमा ठेकेदार कम्पनीबाट ढिलासुस्ती

हाल सम्म ५ प्रतिशत मात्र काम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा,। डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका बन्न लागेको १० शैयाको अस्पताल निर्माणमा ठेकेदार कम्पनीबाट ढिलासुस्ती भएको पाईएको छ । करिव एक बर्ष अगाडी तत्कालिन गाउँ पालिका अध्यक्ष बल बहादुर गुरुङले शिल्यान्यास गरेका थिए। २०८० साल सम्म सम्पन्न गरि सक्नु पर्ने गरि संघिय सरकारको बजेटबाट अस्पताल निर्माणका लागि भिम बहादुर साउदको कम्पनी राजेन्द्र निर्माण सेवा प्रालिसंग आलिताल गाउँपालिकाले रु. ७ करोड ३९ लाख ९७ हजार ५ सय रुपैयाँमा सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले ३९.५ प्रतिशत घटि घटाउ रकममा ठेक्का परेको थियो । निर्माण कम्पनीका तर्फबाट जय बहादुर ऐरले पालिकासंग सम्झौता गरेका थिए । ठेक्का सम्झौता २ बर्षमा काम सक्ने गरी भएको हो ‌‌‌।

Dadeldhura Hospital

गत वर्ष असार २३ गते ठेक्का सम्झौता भएको कम्पनीले १ बर्ष पुग्नै लाग्दा पनि निर्माण कम्पनीबाट ५ प्रतिशत मात्रै काम भएको आलिताल गाउँ पालिकाका इन्जिनियर आकाश जोशील बताउछन् । उनले भने “हामीले निर्माण कार्य सञ्चालनको लागि पटक-पटक मौखिक जानकारी दिदा पनि एक/दुई हप्ता पछि आउछौ भन्दै कम्पनीले टार्ने गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मौखिक आग्रह नमाने पछि कानुनि प्रक्रिया अनुसार गत महिनाको जेष्ठ १८ गते अस्पताल निर्माण कार्य सञ्चालन गरिदिन भनि लिखित रुपमा गाउँपालिकाबाट निर्माण कम्पनीको नाममा चिठ्ठी समेत पठाईसकेका छौ । चिठ्ठी पठाए पश्चात् एक दुई हप्ता पछि आउछौ भन्ने मौखिक जवाफ आयो तर अहिले सम्म काम गर्न निर्माण कम्पनीका कुनै पनि प्रतिनिधि नआएको जोशिले बताए ।

राजेन्द्र निर्माण सेवा प्रालिका इन्जिनियर रोशन भट्टले ठक्का परेको एक वर्ष भएता पनि सरकारसंग कागजि प्रक्रियामा भएको ढिलासुस्तीका कारण निर्माणको कार्य ढिलो भएको बताए । हामीले अस्पतालको फाउन्डेसन खन्दा पनि एउटा समस्य आयो, जसले गर्दा निरन्तर गर्ने कार्यमा केही ढिला हुन गयो । अब भने एक हप्ता भित्र निर्माण स्थलमा कामदार पठाउने भट्टले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.