बैतडीमा भिरबाट लडेर एक बिद्यार्थी गम्भीर घाईते

sc mahendra

बैतडी : बैतडीको पाटनमा भिरबाट लडेर छात्रा गम्भीर घाईते भएका छन् ।
जिल्लाको पाटन नगरपालिका-२ मा पर्ने सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययरत १६ बर्षिया छात्रा सवित्री पाण्डेय बिद्यालय जादै गर्दा भिरबाट लडेर घाईते भएकी हुन् ।

बुधबार बिहान बिद्यालय आउने क्रममा स्थानीय खेती भिरबाट लडेर घाईते पाण्डेयलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रधानाध्यपक लक्ष्मण बोहराले बताए । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

बेहोस अवस्थामा उपचारका लागि एम्बुलेसमार्फत डडेल्धुरा अस्पताल लगिएको छ । घनघस्याको फेदमा रहेको भुलकट्टे गाउँबाट दैनिक २५/३० जना विद्यार्थी विद्यालयमा आउने –जाने गर्दछन् । विद्यालयबाट डेढ घण्टाको दुरीमा रहेको उक्त गाउँ पुग्ने बाटो निकै असहज भएकाले दुर्घटनाको जोखिम बढेको प्रधानाध्यापक बोहराले बताए ।

विद्यालय आउने–जाने बाटो समेत सुधार नहुँदा समस्या भएको बताइएको छ । बालबालिकाहरुलाई उक्त बाटोमा आवतजावत गर्दा निकै जोखिम रहेको प्रधानाध्यापक बोहराको भनाइ छ ।

भिरबाट लडेर घाईते हुने क्रमम बढेकाले बिद्यार्थीहरुलाई बिद्यालय आवत आवत गर्दा सचेत हुन बिद्यालयले आग्रह गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.