डडेल्धुरा जिल्ला भलिबल संघको अध्यक्षमा राजेन्द्र ठगुन्ना चयन

sc mahendra

डडेल्धुरा: जिल्ला भलिबल संघ डडेल्धुराको अध्यक्षमा राजेन्द्र ठगुन्ना चयन भएका छन्।
शुक्रबार जिल्ला सदरमुकाममा सम्पन्न भएको संघको वार्षिक साधारणसभा तथा अधिवेशनबाट ठगुन्ना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
अधिवेशनले ठगुन्नाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। संघको उपाध्यक्षमा धर्मराज पन्त र राजबहादुर भाट चयन भएका छन्।
यस्तै महासचिवमा पुष्कर देउवा र कोषाध्यक्षमा पार्वती गुरुङ चुनिएका छन्। यसैगरी सदस्यहरूमा सोहन गैराल, मीना पाल, जगत ऐर, जानकी विष्ट, दिनेश खडायत र विनोद केसी रहेका छन्।

दीपेन्द्रबहादुर थापाको अध्यक्षता सम्पन्न भएको संघको जिल्ला अधिवेशनको प्रमुख अतिथिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापा रहेका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.