नेपाली महिला फुटबल टोली पुनः उपाधिबाट बञ्चित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

 फागुन १४– नेपाली महिला फुटबल टोलीको उपाधि खडेरी अझै कायम छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल म्यानमारसँग २–० गोल अन्तरले पराजित भयो।

Dadeldhura Hospital

नेपालले खेलभरि प्रभावशाली प्रदर्शन गरे पनि ६२औं मिनेटमा पहिलो गोल खायो। त्यसको केही मिनेटमै म्यानमारले दोस्रो गोल थप्दा नेपाली टोली उपाधि जित्ने अवसरबाट बञ्चित हुन पुग्यो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यो नेपालका लागि १३औं फाइनल थियो, तर उपाधि उचाल्ने सपना पुनः अधुरै रह्यो। नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा खेलिरहेको यो तेस्रो फाइनल थियो, जसमा नेपालले लगातार तेस्रो हार व्यहोर्नुपर्‍यो।

नेपालले खेलभरि म्यानमारको गोलपोस्टमा दर्जनभन्दा बढी आक्रमण गर्‍यो। तर, गोल गर्ने सुनौलो अवसर गुमाउँदा नेपाली खेलाडी निराश बन्न पुगे।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.