डडेल्धुराको परशुराममा खोलाले बगाउँदा एक बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन रहेका छन्।

पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

बगेको ठाउँबाट ५०/६० मिटिर तल निराजनको शव फेला गरेको उनले बताए। मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन्। रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए।

‘विद्यालय बिदा भइसकेपछि घर जाने क्रममा तीनैजनालाई खेलाले बगाएको हो,’ प्रअ जोशीले भने, ‘गोपालले निराजनलाई बोकेर खोला तराइरहेको रहेछ। त्यहीँ बेला माथिबाट खोला बढेर आएपछि बनाएछ। दुई विद्यार्थी बाँच्न सफल भयो।’

इलाका प्रहरी कार्यालय, जोगबुढाको प्रहरी टिम घटनास्थलतर्फ जाँदैछ। प्रहरी टोली त्यहाँ पुग्न तीनचार घन्टा लाग्छ। घाइतेहरूलाई लैजानका लागि एम्बुलेन्स आइरहेको खबर आफूले पाएको प्रअ जोशीले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.