असार १०,डडेलधुराको आलिताल गाउँ पालिकालाई आज पुर्ण खोप पालिका घोषणा गरिएको छ ।
आलिताल गाउँ पालिकाको सभाहलमा एक कार्यक्रम गरि पालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष शेर सिं पार्किले गरेका थिए ।
आलिताल गाउँपालिकाले सबै कार्य पूरा गरि पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा भएको पार्किले बताए ।गाउँपालिकाका ८ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भए पछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको समेत गाउँपालिका अध्यक्ष पार्किले बताए ।
उक्त घोषणा कार्यक्रममा बोल्दै पालिका स्वास्थ्य शाखा प्रमुख धन बहादुर क्षेत्रीले खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार पालिकाका सबै वडालाई पुर्णखोप सुनिश्चितता घोषणा प्रमाणीकरण गर्ने कार्य समेत गरिसकेकोले पालिकालाई पुर्ण खोप घोषणा गरिएको बताए । उनले भने यस आर्थिक वर्षमा पालिकाका तीन सय एक जना बालबालिकाले पुर्ण खोप पाइसकेकाले पालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको समेत बताए ।
You might also like