नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जीत दर्ता गर्यो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – ३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले ऐतिहासिक जीत हासिल गरेको छ।

Dadeldhura Hospital

हिजो साँझ सिंगापुरको नेशनल स्टेडियममा सम्पन्न खेलमा जिलेप्सी जंग कार्कीको गोलको मद्दतले नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले पराजित गर्यो। खेलको १२औं मिनेटमा कार्कीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यो खेल नेपालका लागि विशेष मात्र नभई ऐतिहासिक पनि रह्यो। मुख्य प्रशिक्षक म्याट रसको नेतृत्वमा नेपालको यो पहिलो खेल थियो, जसमा टोलीले सानदार प्रदर्शन गर्दै जित दर्ता गर्यो। साथै, अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो पटक सिंगापुरलाई हराएको हो। यसअघि खेलेका चार खेलमध्ये नेपाल तीन खेलमा पराजित भएको थियो भने एउटा खेल बराबरीमा सकिएको थियो।

अब नेपालले सन् २०२७ मा साउदी अरेबियामा आयोजना हुने एएफसी एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ। यो छनोट चरण आगामी मार्च २५ बाट सुरु हुनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.