डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँ पालिकामा तिन दिने आयुर्वेद तथा योग विज्ञान शिविर सञ्चालन उपचारिक उट्घाटन गरिएको छ । जिल्लाको आलिताल गाउँपालिका आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा उक्त शिविर सञ्चालन उट्घाटन गरिएको हो ।
आयुर्वेद अस्पताल आलितालका कार्यालय प्रमुख अमर बिष्टलेआयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक कार्यक्रम अनुसार तिन दिने शिविर सञ्चालन गरिएको बताए ।
स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष धन बहादुर देउवाको अध्यक्षतामा उट्घाटन भएको कार्यक्रममा योग प्रशिक्षक कासिनाथ भटट,जिल्ला समन्वय उपप्रमुख अमृता ठडालीमगर ,आलिताल गाउँ पालिका अध्यक्ष शेर सिंह पार्की ,पुर्व आलिताल गाउँ पालिका उपाध्यक्ष जला बिष्ट (बोगटी ),प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भटट, साथै वडा अध्यक्ष हरु,कार्यपालिका सदस्य तथा विभिन्न संघ संस्थाका प्रमुख साथै स्थानिय बासिन्दाहरुको उपस्थितिमा उट्घाटन गरिएको थियो ।
योग भोलि बिहान ५ बजे र साझ ६ बजेको समयमा पालिकाको सभाहलमा २ दिन सन्चालन हुनेछ ।
गाहा मगर दियालो खबरका कार्यकारी सम्पादक तथा संचालक हुन् । उनि समयसामयिक बिषयमा कलम चलाउछन् ।
You might also like
