आलिताल गाउँ पालिका कर्मचारी भण्डारी माथि आक्रमण ,सहयोग गर्दा भयो यस्तो हालत..

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुरा जिल्ला आलिताल गाउँ पालिका कर्मचारी माथी संघातिक आक्रमण भएको छ । महेन्द्रनगर घर भएका आलिताल गाउँ पालिकामा कम्पुटर अप्रेटरको रुपमा कार्यरत कर्मचारी लोकेन्द्र सिंह भण्डारी माथी आज बिहान कैलालीको बुढेतोलाको सेल्फी डांडामा अज्ञात समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर बिदामा गएका भण्डारी आफ्नै कार्यलयमा फर्किने क्रममा तीन जना अपरिची ब्यक्तिलाइ लिफ्ट दिएको र सेल्फी डांडामा एक छिन सेल्फी खिच्ने भन्दै गाडी रोकेको अबस्थामा भण्डारीलाई कुटपिट तथा हात खुट्टा बाधेर भिरबाट फाली कार लिएर गएको बताइएको छ । अहिले निजलाई उपचारका लागि अत्तरिया पठाइएको प्रहरिले जनाएको छ । भण्डारीको स्वास्थ अबस्था सामान्य रहेको बताइएको छ । कुटपिट गरि गाडी लगेर जाने ब्यक्तीहरुको खोजी कार्य भैरहेको प्रहरिले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.