

डडेलधुरा जिल्ला आलिताल गाउँ पालिका कर्मचारी माथी संघातिक आक्रमण भएको छ । महेन्द्रनगर घर भएका आलिताल गाउँ पालिकामा कम्पुटर अप्रेटरको रुपमा कार्यरत कर्मचारी लोकेन्द्र सिंह भण्डारी माथी आज बिहान कैलालीको बुढेतोलाको सेल्फी डांडामा अज्ञात समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर बिदामा गएका भण्डारी आफ्नै कार्यलयमा फर्किने क्रममा तीन जना अपरिची ब्यक्तिलाइ लिफ्ट दिएको र सेल्फी डांडामा एक छिन सेल्फी खिच्ने भन्दै गाडी रोकेको अबस्थामा भण्डारीलाई कुटपिट तथा हात खुट्टा बाधेर भिरबाट फाली कार लिएर गएको बताइएको छ । अहिले निजलाई उपचारका लागि अत्तरिया पठाइएको प्रहरिले जनाएको छ । भण्डारीको स्वास्थ अबस्था सामान्य रहेको बताइएको छ । कुटपिट गरि गाडी लगेर जाने ब्यक्तीहरुको खोजी कार्य भैरहेको प्रहरिले जनाएको छ ।
