parwat hotel
Citizan

आलितालमा खेलमैदान निर्माणमा बिरोध कि समर्थन ? स्थलगत अध्ययनको सिनारी कस्तो छ ?

Chure

डडेल्धुराको आलिताल गाउँपालिकामा खेल मैदान निर्माण कार्य सुरु भएको छ । आलिताल गाउँपालिका-८ घुम्ती बजार नजिकै खेल मैदान निर्माण कार्य थालिएको हो । असार ८ गते एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरासहित प्रमुख प्रशासकीय अधिकृत गणेश भट्ट र वडा नं ८ का अध्यक्ष धनबहादुर देउवाले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरेका थिए ।

lali

९० लाखको लागतमा निर्माण भइरहेको उक्त खेल मैदानप्रति केही स्थानीय बासिन्दाहरूले भने विरोध जनाएका छन् । उक्त निर्माणाधीन खेल मैदान खोलाले बगाउने सम्भावना रहेको स्थानीयहरुको गुनासो छ । खेल मैदान खोलाको किनारमा नै बनिरहेको हुनाले वर्षायाम लागेसँगै बग्ने सम्भावना रहेको हो । सुन खोलाको नजिकै बन्दै गरेको उक्त खेलमैदानको छेउमा नै सुनखोला नदि छ भने अलि तल तिर रङुन नदि छ ।
खोलै खालाको बिचमा खेल मैदानको निर्माण सुरु गर्नुमा जनप्रतिनिधिहरूको स्वार्थ रहेको युवा समाजसेवी मोहन धामी बताउँछन् । ‘ आलितालमा खेलाडि हरुको लागि खेलमैदान बनाउनु पर्छ । यस ठाउँबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्छ तर खेलकुदको नाममा बजेट दुरुपयोग गर्न भने हामी सचेत युवा भएको कारण दिदैनौँ ।’, उनले भने । आलिताल गाउँपालिकामा खेल मैदान निर्माणको लागि अरु ठाउँहरू भएको पनि धामीले दावी गरे । उनले अन्य ठाउँ भएपनि खोला नजिकै खेल मैदानको निर्माण कार्य सुरु गरिएको बताए ।
‘आलितालमा खेलमैदानको लागि अरु धेरै ठाउँहरू छन् । तर अन्य ठाउँमा रूखहरू छन् भनेर खेलमैदान बनाउन बाधक भयो भन्न मिल्दैन, बिना अनुमति तस्करी गर्ने नियतले रूख काटे पक्कै पनि कानुनले रोक लगाउँछ । कानुनी प्रक्रिया पुरा गरेर रूख काटेर भएपनि दीर्घकालिन रूपमा खेलमैदान बनाउन सकिन्छ । तर बगाउँछ भन्ने थाहा पाएर नै खोलाको बीचमा खेलमैदान बनाउनु भनेको खेलकुदको नाममा बजेट कुम्ल्याउने बाहेक अन्य केही होइन् ।’, उनले भने ।
धेरैले खोलामा बजेट हालेर दुरुपयोग गर्नु भन्दा जनताको चाहना अनुसार उपयुक्त ठाउँको छनोट गरेर खेलमैदान बनाउन जनप्रतिनिधिहरूलाई सुझाब समेत दिएका छन् । ‘ जनताको चाहना अनुसार खोलामा बजेट हालेर दुरुपयोग गर्नु भन्दा उपयुक्त ठाउँको छनोट गरेर खेलमैदान बनाउन हामी सुझाब दिन चाहन्छौँ ।  उता आलितालका खेलाडीहरुले भने आफुहरुको खेलमैदान निर्माणमा पुर्ण समर्थन रहेको भन्दै विज्ञप्ति समेत निकालेका छन । खेलाडीहरुले आफुहरुको उपयुक्त स्थान तेइ नै भएकोले निर्माण कार्यमा सहयोग गर्न आग्रह गरेका छन ।                                                        खेल मैदानको बारेमा नकरात्मक भ्रम फैलाइयो : अध्यक्ष शेरसिंह पार्की

glam &
Citizan
alitalnewyear2081

आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले उक्त निर्माणाधीन खेल मैदानको बारेमा नकरात्मक भ्रम फैलाइएको बताएका छन् । अध्यक्ष पार्कीले एकदमै उपयुक्त ठाउँमा खेल मैदान निर्माणकाे कार्य सुरु भइरहेको बताएका हुन् । उनले उक्त खेल मैदानलाई खोलाले बगाउने सम्भावना नै नरहेको दावी गरे । ‘जुन आलिताल गाउँपालिकामा निर्माणाधीन खेल मैदानको विरोध भइरहेको छ ।
त्यसको विरोध गर्नुपर्ने कुनै पनि कारण छैन् । खोलाको नजिकै खेलमैदान निर्माण गरिन लागेको कुरा सत्य हो । तर खोलाको बिचमै खेल मैदान बनाउन लागियो भन्ने कुरा भने झुटो हो । हामीले सहमतिमै उक्त ठाउँ छनोट गरेका हौँ । त्यो ठाउँ खेल मैदानको लागि उपयुक्त छ ।’, उनले भने ।
त्यसैगरी अध्यक्ष पार्कीले खेल मैदानमा आएको बजेट खोलामा हाल्ने आफूहरूको कुनै पनि नियत नभएको बताए । उनले सुरक्षित र उपयुक्त ठाउँमा नै खेल मैदान बनाउन लागिए पनि केहीले विरोध जनाएको दावी गरे । अध्यक्ष पार्कीले उक्त खेल मैदानको विरोध नगर्न पनि सम्पुर्णमा आग्रह गरेका छन् ।
‘ म पनि नवनिर्वाचित आलिताल गाउँपालिकाको अध्यक्ष हुँ । यहाँको हेरक क्षेत्रको विकास गर्नु मेरो जिम्मेवारी र कर्तव्य हो । के हामी खोलाको बीचमा बजेट हाल्नको लागि मुर्ख हौँ ? त्यो खेल मैदान एकदमै उपयुक्त ठाउँमा भइरहेको छ । तर पनि केही विकास बिरोधिहरुले भ्रम फैलाई रहेका छन् । म उहाँहरुलाई पनि राम्रो कामप्रति विरोध र भ्रमात्मक कुरा नफैलाउन आग्रह गर्दछु।’, अध्यक्ष पार्कीले भने । उसो त दियालोखबरको टीमले स्थलगत अनुगमन गर्दा खेलमैदान खोलाको किनारमा बनाइन लागेको भएता पनि तेस खोलालाइ दोहोरो टटबन्ध गरि खोलालाई नियन्त्रण गर्न सके खेलमैदान पनि बन्ने र तल तिरको घुम्ती बजार पनि सुरक्षित हुने देखिन्छ । तर यो असारकै महिना खेल मैदानको काम सुरु भएकोले खेलमैदान नबन्ने होकि भन्नेमा धेरैको मनमा शन्का उत्पन्न भएको देखिन्छ । खेलमैदानको लागि ९० लाख बजेट छुट्याए पनि प्राबिधिकले भने अहिले जम्मा जम्मी ६० लाख बरावरको मात्र काम हुने बताएका छन। आलिताल प्राबिधिक शाखाका प्रमुख आकास जोशिले यो बर्श समय कम भएकोले जम्मा ६० लाखको मात्र काम गर्न सुझाव दिएका छन । खेलमैदानको काम उपभोक्ता समितिबाट निर्माण कार्य हुने भएकोले ६० लाख बरावरको मात्र काम गर्न मिल्ने बताए । उनले भने तेहि ६० लाखमा डिपिअार र ईअाई इमा लाग्ने खर्छ समेत जोडिएको बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.