Citizan

आलितालमा एक महिलाको शब झुन्डिएको अवस्थामा फेला

Chure
lali

डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिकामा एक महिलाको शब झुन्डिएको अवस्थामा फेला परेको छ ।
पालिकाको वडा नं ४ कोइलानी बस्ने प्रेम बहादुर बोहराकी श्रीमती अन्दाजी २२/२३ बर्षकी गंगा धामी बोहराको शब झुन्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीले जनाएको छ ।

बोहराको शब घर भन्दा करिब १०० मिटर टाढा उमराको रुखमा प्लास्टिकको डोरीमा झुण्डिएको अबस्थामा छ । अहिले हाम्रो टोली शबको शुरक्षाका लागी खटिएको छ । इलाका प्रहरी कार्यालय जोगबुढाबाट इन्सपेक्टरको टोली आए पछी अनुसन्धानको थप प्रक्रिया अगाडि बढाइने आलिताल प्रहरी चौकीका इन्चार्ज भिम राज भट्टले बताएकाछन् ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.