Citizan

आर्थिक अभावले डडेल्धुराका जीवनको उपचारमा समस्या, सहयोगको अपिल

suchana alital
Chure
lali

sharethis sharing button                           डडेल्धुरा: आर्थिक अभावका कारण डडेल्धुराका जीवन विष्टको उपचारमा समस्या भएको छ।

आर्थिक अभावले आलिताल गाउँपालिका–७ की चन्द्रिका पार्की विष्ट (पुष्पा) का छोरा जीवनको उपचारमा समस्या भएको हो। एक्यूट ल्यूकेमियाबाट पीडित १५ वर्षीय जीवन हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन्।

जिल्ला सदरमुकामको ज्ञानोदय विद्यानिकेतनमा कक्षा १० मा अध्ययनरत जीवनको स्वास्थ्यमा एकाएक समस्या आएपछि नजिकैको डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

आमा पुष्पाका अनुसार यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि संघीय राजधानी काठमाडौं लगिएको थियो। काठमाडौंस्थित सिभिल अस्पतालमा धेरै दिन कुर्दा पनि बेडसमेत नपाएपछि छोरोको ज्यान बचाउनको लागि दिल्ली ल्याएको पुष्पाले बताइन्।

कम्तीमा ६ महिना छोरालाई दिल्लीको अस्पतालमा राख्नुपर्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको पुष्पाको भनाइ छ। उनले आफ्नो छोराको ज्यान बचाइदिन सबैलाई आग्रह गरेकी छन्। आफूसँग र आफन्तले गरेको सहयोगबाट जुटाएको खर्च डडेल्धुरा, धनगढी र काठमाडौंमा छोराको चेकजाँचमै सकिएको उनले सुनाइन्।

अस्पतालले जीवनको उपचारमा ६ महिनाको दौरानमा कम्तीमा १० देखि १५ लाखसम्म लाग्ने बताएको पुष्पाले जानकारी दिइन्। ‘आफूसँग भएको सबै पैसा डडेल्धुरा, धनगढी र काठमाडौंमा छोरा चेकजाँचमै सकियो। अहिले यता डाक्टर पैसा धेरै लाग्छ भन्नु भएको छ,’ पुष्पाले भनिन्, ‘आफूसँग भएको पैसा सकियो। एक मात्रै छोरा ज्यान जोगाइदिन सबैलाई आग्रह गर्छु।’

यसरी गर्न सकिनेछ सहयोग

A/c Name : Prakash Bahadur Parki

Account Number : 05320009740 Laxmi Bank, Dadeldhura

पुष्पा विष्टको भारतको नम्बर : +919911976266

इन्द्र साउँद : 9840614372

प्रकाश पार्की : 9848702274/9809462274

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.