हाप्किडो सुदूरपश्चिम प्रदेशको मुख्य प्रशिक्षकमा डडेल्धुराका मडै नियुक्त

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, नेपाल हाप्किडो संघले डडेल्धुरा जिल्लाका राजेन्द्र मडै लाई सुदूरपश्चिम प्रदेशको मुख्य प्रशिक्षक पदमा नियुक्त गरेको छ। संघले एक औपचारिक पत्रमार्फत मडैलाई उक्त जिम्मेवारी सुम्पिएको हो।

नेपाल हाप्किडो संघका संस्थापक तथा अध्यक्ष कालीबहादुर घर्ती मगरद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा उल्लेख भएअनुसार, मडैको समर्पण, दक्षता र हाप्किडोको विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई यो भूमिका प्रदान गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नयाँ जिम्मेवारीसँगै उनले सुदूरपश्चिममा हाप्किडो प्रशिक्षण कार्यक्रमको समन्वय, प्रशिक्षक विकास सेमिनारको आयोजना, र हाप्किडोको प्रचार–प्रसार जस्ता महत्वपूर्ण कार्यहरू गर्नेछन्। संघले उनको नेतृत्वमा सुदूरपश्चिममा हाप्किडोले थप फड्को मार्ने विश्वास व्यक्त गरेको छ।

Dadeldhura Hospital

पत्रमा भनिएको छ, “हामी तपाईंको अनुभव, नेतृत्व क्षमता र हापकिडोप्रतिको लगनशीलतामा पूर्ण विश्वास गर्छौं। तपाईंको सक्रियतामा भविष्यका खेलाडी, प्रशिक्षक तथा च्याम्पियनहरू तयार हुनेछन् भन्ने हामीलाई आशा छ।”

संघले मदाईलाई नयाँ भूमिकामा सफलताको शुभकामना दिँदै आवश्यक सहयोग र स्रोतको लागि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा न. ८ घर भएका मडै लामो समय देखि खेलकुद क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

 

नियुक्त पत्र

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.