डडेल्धुरा : आलिताल गाउँपालिकाको आयोजनामा ‘गाउँपालिका स्तरीय अध्यक्ष तथा उपाध्यक्ष कप भलिबल प्रतियोगिता–२०८२’ भोलिदेखि सुरु हुँदैछ । प्रतियोगितामा पुरुष र महिला दुबै तर्फका खेल समावेश गरिएका छन् ।
आयोजकका अनुसार पुरुष तर्फ कुल १० टिम र महिला तर्फ ६ टिम प्रतियोगितामा सहभागी हुने छन् । पुरुष टिमहरूलाई समूह ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मा विभाजन गरिएको छ ।
समूह ‘क’ : वडा नं. ६, वडा नं. ५, आयोजक टिम
समूह ‘ख’ : वडा नं. ७, वडा नं. ८ र वडा नं. ४
समूह ‘ग’ : वडा नं. ३, वडा नं. २
समूह ‘घ’ : नायल कन्स्ट्रक्सन र वडा नं. १
त्यस्तै महिला तर्फ समूह ‘क’ मा वडा नं. ५, वडा नं. ३ र वडा नं. ७ रहेका छन् भने समूह ‘ख’ मा वडा नं. ४ र वडा नं. ८ रहेका छन् ।
भोलिदेखि सुरु हुने पुरुष तर्फको पहिलो खेल वडा नं. ६ र वडा नं. ५ बीच हुनेछ । अन्य खेलहरूका लागि आयोजकले खेल तालिका पनि प्रकाशन गरिसकेको छ ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक पुरस्कार प्राप्त गर्नेछ । पुरुष र महिला दुबै तर्फका प्रथम विजेता टोलीलाई नगद रु. ६५ हजार सहित मेडल, द्वितीय विजेतालाई रु. ५२ हजार सहित मेडल, र तृतीय विजेतालाई रु. ३९ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ
गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले प्रतियोगिताका सबै तयारी पूरा भएको जनाउँदै खेल निष्पक्ष र उत्साहजनक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भलिबल खेलप्रति युवाहरूको रुचि बढाउन तथा गाउँपालिकामा खेलकुद क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
यसैबीच, पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । उद्घाटन खेलमा आयोजक टिमले वडा नं. ४ को केबिएसलाई पराजित गरेको छ । दोस्रो खेलमा वडा नं. ३ ले वडा नं. १ लाई हराएको छ भने तेस्रो खेलमा वडा नं. ६ ले वडा नं. ८ लाई पराजित गरेको छ ।
खेल तालिका :