अछामबाट सुत्केरीको निःशुल्क हवाइ उद्धार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुरा : सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी तुर्माखाँद गाउँपालिका–२ भुलुकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ। अछामकै विकट मानिएको भुलु निवासी २० वर्षीया कृष्णा विकको शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट हवाइ उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल पुगाइएको हो।
“उहाँलाई (कृष्णा) अस्तिदेखि सुत्केरी बिराम लागेको रहेछ, स्वास्थ्य केन्द्रमा शुक्रबार बिहान आउनुभयो।” भुलु स्वास्थ्य केन्द्रमा अहेब राजेन्द्र विष्टले भने। “हामीले दिउँसोसम्म प्रयास गर्दा पनि बच्चा नजन्मिएको तर रगत गइरहेको भएर पठाएका हौं” अहेब विष्टले थपे। राष्ट्रपति हवाइ उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क हवाइ उद्धार गरिएको हो। पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिसकेको अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
सुत्केरी हुन नसकेको खबर पाए लगत्तै समन्वय गरेर निःशुल्क हवाइ उद्धार गरेर ज्यान खतरामुक्त गराएको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बीसीले जानकारी दिए। कृष्णाले प्रादेशिक अस्पताल सुर्खेतमा प्रविधिको प्रयोग गरेर बच्चालाई जन्म दिएकी छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.