विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ।
खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो। आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ।
लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको युएईलाईसमेत नेपालसँगको खेल जित्नुपर्ने दबाब छ। अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ।
अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले ८ अंक मात्र बनाएको छ।
समान १९ खेल खेलेको नेपालको १२ अंक छ। तीन खेल खेलिसक्दासमेत नेपालले युएई शृङ्खलामा अंक जोड्न सकेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.