एनपीएल सिजन २ : शानदार कमब्याकसहित लुम्बिनी लायन्स बन्यो च्याम्पियन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको छ। लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै शानदार कमब्याकसहित च्याम्पियन बनेको हो।

लिग चरणका पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनीले त्यसपछि लगातार ६ खेल जित्दै उपाधि हात पारेको हो। सुदूरपश्चिम भने लगातार दोस्रो सिजन उपविजेतामै सीमित भयो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ ओभर ६ बलमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो, जुन जारी सिजनकै सबैभन्दा छिटो लक्ष्य पूरा भएको खेल हो।

लुम्बिनीको जितमा दिनेश अधिकारीले १३ बलमा ४२ रनको विस्फोटक इनिङ्स खेले। कप्तान रोहितले १६ तथा डी आर्सी सर्टले १४ रन जोडे।

सुदूरपश्चिम बलिङमा प्रभावहीन देखियो। हर्मित धामीले २ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले १–१ विकेट लिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.