राष्ट्रिय हाप्किडो कौशल विकास सेमिनार २०८२ डडेलधुराको आलितालमा हुँदै

sc mahendra

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश हाप्किडो संघको आयोजनामा राष्ट्रिय हप्किडो कौशल विकास सेमिनार २०८२ पौष १७ देखि १९ सम्म डडेल्धुराको आलिताल गाउँपालिकामा सञ्चालन हुने भएको छ।

सेमिनारले हाप्किडो अभ्यासकर्ता, प्रशिक्षक र खेलप्रेमीहरूलाई उन्नत प्रशिक्षण, कौशल विकास तथा अनुभव आदान प्रदानको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ । यस अवसरमा सहभागीहरूले आफ्नो प्रविधि सुधार्ने, अनुभवी प्रशिक्षकहरूसँग अन्तरक्रिया गर्ने र राष्ट्रिय हाप्किडोको विकासमा योगदान पुर्‍याउने अवसर पाउनेछन् ।

नेपाल हाप्किडो संघले यस सेमिनारलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ, जसले राष्ट्रिय स्तरमा यसको मान्यता सुनिश्चित गर्नेछ ।
यस सेमिनारमा हाप्किडोका विभिन्न विधाहरू, आत्मरक्षा प्रविधिहरू, शारीरिक र मानसिक तयारी सम्बन्धी प्रशिक्षण दिनेछन् । सहभागीहरूले व्यावहारिक अभ्यास, समूह सत्र र व्यक्तिगत निर्देशन मार्फत आफ्नो सीपलाई अझ उन्नत बनाउन सक्नेछन् ।

सुदूरपश्चिम प्रदेश हाप्किडो संघका अध्यक्ष राजेन्द्र मडैले जानकारी दिंदै भने, यो सेमिनारले राष्ट्रिय हाप्किडो खेलको स्तर उच्च बनाउने मात्र होइन, नयाँ प्रतिभाहरूको खोजी र तिनीहरूको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

सेमिनारमा देशभरका प्रशिक्षक, खेलाडीहरूको सहभागिता रहने आयोजकले बताएका छन् । यस कार्यक्रमले नेपालमा हाप्किडो खेलको लोकप्रियता बढाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.