भारतमा मजदुरी गर्न गएका आलितालका रोकामगरको पहिरोमा परी मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुला ः भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको रणनीतिक महत्त्वको धारचुला(मानसरोवर सडक खण्डमा मजदुरी गर्ने एक नेपाली मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

Dadeldhura Hospital

उक्त सडक खण्डको लामारी झरना नजिक क्षेत्रमा पहिरो परी मंगलबार नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका – ८ का नर बहादुर रोकामगर रहेका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनीसँगै मजदुरी गरिरहेका दुहु गाउँपालिका – २ का पदमसिह कुँवर घाइते भएका छन् । घाइते कुँवरको भारतको पिथौढागढमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।

घाइते कुँवरको खुट्टा भाँचिएको भारतमा उनीसँगै मजदुरी गरिरहेका तिरविर घर्तीले जानकारी दिए । उनका अनुसार मृतकको शव धारचुलाबाट आज घर लैजाने तयारी भएको बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.