दार्चुला ः भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको रणनीतिक महत्त्वको धारचुला(मानसरोवर सडक खण्डमा मजदुरी गर्ने एक नेपाली मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
उक्त सडक खण्डको लामारी झरना नजिक क्षेत्रमा पहिरो परी मंगलबार नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका – ८ का नर बहादुर रोकामगर रहेका छन् ।
उनीसँगै मजदुरी गरिरहेका दुहु गाउँपालिका – २ का पदमसिह कुँवर घाइते भएका छन् । घाइते कुँवरको भारतको पिथौढागढमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।
घाइते कुँवरको खुट्टा भाँचिएको भारतमा उनीसँगै मजदुरी गरिरहेका तिरविर घर्तीले जानकारी दिए । उनका अनुसार मृतकको शव धारचुलाबाट आज घर लैजाने तयारी भएको बताए ।