न्याय माग्दै नगरपालिकाको मूल गेटमै दत्तराम पाण्डेयको धर्ना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

 

डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिका वडा नं ३ शिर्ष (बुङा) का दत्तराम पाण्डेय आफ्नो जमिन फिर्ता माग्न चैत २२ गतेदेखि परशुराम नगरपालिका कार्यालयको मूल गेटमै धर्नामा बसेका छन्।
२०५३ साल देखी भोगचलन गर्दै आएको करिब चार विगा जमिन आफ्नो भएको र उक्त जमिन फिर्ता पाउँ भनी पोण्डेयले धर्ना सुरु गरेका हुन्।

२०५३ सालमा आफ्नो परिवार सहित स्थानीयले सुनखर्कमा खनजोत र टहरा निर्माण गरेको तर अहिले आएर आफ्नो टहरा मात्रै स्थानीयले कुटपिट गरि लखेटी हटाएको दुःखेसो उनले पोखे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आफ्नो जग्गा फिर्ता पाउनका लागि सम्बन्धित कार्यलयमै आएर धर्ना बस्नु परेको बताए ।

Dadeldhura Hospital

नगरपालिकामा सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका हरूलाई आयोगमार्फत लालपूर्जा वितरण गर्न पहल शुरु गरेपनि उनलाई वडा कार्यालयमा लालपुर्जाको लागि फाराम समेत भर्न नदिएको उनको गुनासो छ।

आफ्नो भोगचलनमा रहेको जमिन फिर्ता दिन उनको माग छ। यदि आफ्नो भोगचलनमा रहेको जमिन फिर्ता नभए आफूसँगै भोगचलन गरिरहेका अन्य ब्यक्तिहरूको जमिन पनि सरकारी/ऐलानीमा परिणत गर्न उनको माग छ।उनको धर्ना लाई पर्शुरामका समाजसेवि तथा एकिकृत समाजबादीका नेता राम धामि युवा सामाजसेवी रोहन ऐरले लगाएतले उनको धर्नालाई एक्यवद्धता जनाएका छन । युवा समाजसेवी ऐरले आफ्नो फेसबुकबाट लाइभ प्रशाराण गर्दै निज पीडित ब्यक्तिलाइ न्यायको माग गरेका छन ।

यता नगरपालिकाकी उप-प्रमुख कलावती बोहराले भने सो विषयमा नगरपालिकामा छलफल गर्ने बताएकी छिन्।

उप-प्रमुख बोहराले न्यायिक समिति भएदेखि नै पाण्डेयले आफूलाई न्यायका लागि पहल गरेको पनि बताइन्। उनले भनिन्, “ उहाँ पहिल्यै देखि हामीकहाँ आउनुभएको हो, पहिले उहाँको दाइ आउनुहुन्थ्यो, अहिले उहाँ आउनुभएको छ। हामीले वडालाइ पनि छलफलका लागि बोलाएका छौँ। सबै बसेर छलफल गर्छौँ।”

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.