आलिताल गाउँकार्यपालिकाकाे विवाद उत्कर्षमा, कार्यपालिका सदस्यहरू असन्तुष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा :आलिताल गाउँपालिकामा कार्यपालिका भित्रको विवाद उत्कर्षमा पुगेको छ।

गाउँपालिका अध्यक्ष शेरसिंह पार्की र प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका सदस्यहरूको असहमति बेगर मनोमानी ढंगले निर्णय गरेको आरोप लगाउँदै आठ जना कार्यपालिका सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, आर्थिक वर्ष २०८१/८२ का योजना तथा कार्यक्रमहरू गाउँ सभाले पारित गरे पनि अध्यक्ष पार्कीले ती योजनाहरू संशोधन गरी आफ्ना कार्यकर्तालाई लाभ हुने गरी पुनः विभाजन गरेको आरोप लगाइएको छ। त्यस्तै, कृषि आधुनिकीकरण परियोजनामा बिना निर्णय गाई-भैंसीका पकेट क्षेत्र तोकिएको, पार्टीका कार्यकर्तालाई आर्थिक सहायता वितरण गरिएको, गाउँसभाको सहमति बेगर बजेट परिवर्तन गरिएको, र कार्यपालिकाको बैठक निर्णय स्थलमै नबसी निर्णय लिइएको जस्ता गम्भीर आरोप लगाइएको छ।

यसबाहेक, संघ तथा प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानका योजनाहरू अध्यक्षले आफू अनुकूल मात्र छनोट गरेको, वडा नं. २ का लागि मोटरसाइकल खरिद गर्ने सहमति भए पनि कार्यान्वयन नगरी वडा न. १ र ५ वडाका  लागि मोटरसाइकल खरिद गरिएको, र प्रमुख प्रशासकीय अधिकृतले अध्यक्षको निर्देशनमा मात्र निर्णय लेख्ने गरेको आरोप विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष पार्कीको प्रतिकार :

Dadeldhura Hospital

यस विषयमा अध्यक्ष शेरसिंह पार्कीले भने, उक्त आरोपहरू निराधार भएको र कार्यपालिका सदस्य धन ब. देउवाले व्यक्तिगत स्वार्थ पूर्ति नभएपछि अन्य सदस्यलाई उक्साएर विवाद सिर्जना गरेको दाबी गरे। उनले गाउँसभाको निर्णयकै आधारमा रेडबुक तयार पारिएको र देउवाले पनि त्यसमा सहमति जनाउँदै हस्ताक्षर गरेको बताए।

उपाध्यक्षको प्रतिक्रिया : 

गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल बोहराले भने, विज्ञप्तिमा उल्लेख गरिएका आरोपहरू पूर्ण सत्य नभएको बताइन्। उनले कार्यपालिकाले गरेका निर्णयहरू कानुन अनुसार नै भएको दाबी गर्दै अध्यक्ष पार्कीले मनोमानी गरेको भन्ने कुरा गलत भएको बताइन्।

यो विवादका कारण गाउँपालिकाको कामकाज प्रभावित हुने देखिएको छ। अब यस विवादको समाधान कसरी हुन्छ भन्ने कुरा आउँदा दिनमा स्पष्ट हुनेछ।

सम्बन्धित समाचार

आलिताल गाउँकार्यपालिकामा भाँडभैलोः‘मनपरी बजेट’ कि ‘अनावश्यक हल्ला’?

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.