कञ्चनपुरमा एक वडाध्यक्ष माथि कुटपिट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कञ्चनपुरमा एक वडाध्यक्ष कुटिएका छन्। आज (शनिबार) जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको हो।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट भएको थियो। राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको थापाले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कुटिएका देवकोटाको टाउकोमा चोट लागेको बताइएको छ। एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए। चोट लागेका देवकोटालाई भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका लागि ल्याइएको उनको भनाई छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.