डडेल्धुराको आलितालमा रास्वपाको कमिटी गठन:सभापतिमा बोगटी सर्वसम्मत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

आलिताल असोज १३। डडेल्धुराको आलिताल गाउंपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पालिका स्तरिय कमिटी गठन भएको छ ।

आज(शनिबार) भएको पालिका स्तरीय भेलाले नरेश बहादुर बोगटी सभापति रहेको ११ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जसको उपसभापतिमा खडक बहादुर बोहरा,सचिवमा प्रताप धामी चयन भएका छन् ।

सदस्यहरुमा दिपेन्द्र धामी,दलपति महरा ,दिनेश नागरी,रुद्र बहादुर थापा मगर,सुरत बहादुर बोहरा रहेको डडेल्धुरा जिल्ला सभापति पारस बाहुनले बताए ।

भेलाले भुगोल अनुसार तथा महिला सहभागीता गराउन तिन जना सदस्य पछि थप्ने जनाएको छ । पार्टी जिल्ला सभापति पारस बाहुनको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी सुदुर पश्चिम प्रदेशका प्रदेश प्रवक्ता सन्तोष जोशी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा , राष्ट्रिय स्वतन्त्र पार्टी सुदुर पश्चिम प्रदेश कोषाध्यक्ष जसु कुमारी भट्ट,सुदुर पश्चिम प्रदेश सदस्य चन्द्रा ऐर,समाजसेबी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बिनोद बिष्ट,परशुराम नगर सभापति लाल बहादुर थापा,अमरगढी नगरपालिका सभापति लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.