समाजवादी प्रेस संगठन सुदूरपश्चिमको अध्यक्षमा सिंह सर्वसम्मत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मतबहादुर सिंह चयन भएका छन्।

शनिबार धनगढीको सितार होटेलको सभाहलमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनमा सिंह निर्विरोध अध्यक्षमा चयन भएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

१५ सदस्यीय समितिको उपाध्यक्षमा तपेन्द्र कुँवर, उपाध्यक्ष (समावेशी)मा शर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोषप्रसाद जैसी र कोषाध्यक्षमा समिक्षा जोशी चयन भएका छन्।

यस्तै, सदस्यमा उमेश शाही, जनक थापा, निशा साउँद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउँद र राजेन्द्र बिक चयन भएका छन्।

अध्यक्षमा चयन भएपछि सिंहले संगठन निर्माणका लागि सधैं तत्पर भएर लाग्ने प्रतिक्रिया दिए। उनले एकल निर्णयभन्दा पनि संगठनसँगै लागेर हरेक निर्णय गर्ने बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.