आलिताल १ का ८८ दलित विद्यार्थीलाई न्यानो कपडा वितरण

sc mahendra

डडेल्धुरा : डडेल्धुराको एक वडाले न्यानो कपडा वितरण गरेको छ। जिल्लाको आलिताल गाउँपालिका- १ ले वडा भित्रका दलित विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।

वडा भित्रका चार विद्यालयका ८८ जना दलित विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको वडाध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिए।

उनकाअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पुँजिगत तर्फको बजेटबाट दलित लक्षित कार्यक्रम अन्तर्गत ८८ दलित विद्यार्थीलाई एक/एक थान ट्याक सुट वितरण गरिएको हो।

You might also like
Leave A Reply

Your email address will not be published.