डडेल्धुराका महरासंगै यि २० जना राष्ट्रिय सभा सांसदको सकिदैछ पदावधि

sc mahendra

काठमाण्डौ : डडेल्धुराका राष्ट्रिय सभाका सदस्य महेस कुमार महरासंगै २० सांसदको पदावधि आगामी फागुन २० गते सकिंदै छ।

संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको निर्वाचन भएको थियो। ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जनाको निर्वाचन भएको थियो भने तीन जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनीत भएका थिए।

त्यति वेला चयन भएका ५९ सदस्यको कार्यकाल गोलाप्रथाबाट तय गरिएको थियो। उनीहरूको कार्यकाल ६ वर्ष, चार वर्ष र दुई वर्ष तोकिएको थियो। गोलाप्रथाबाट ६ वर्ष कार्यकाल तय भएका २० जनाको पदावधि आगामी फागुन २० गते सकिन लागेको हो।

उनीहरू मध्ये १९ जना निर्वाचित हुन् भने एक जना राष्ट्रपतिबाट मनोनीत छन्। अहिले १९ जनाका लागि निर्वाचन हुँदै छ भने एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

पदावधि सकिन लागेका सांसदमा नेकपा (एमाले)बाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित नौ जना छन्। त्यस्तै, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ।

त्यस्तै, एमालेका सांसद दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिंदै छ।

त्यसैगरी नेपाली कांग्रेसका चार जना सांसदको पदावधि सकिंदै छ। जसमा रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ छन्।

यस्तै, नेकपा (माओवादी केन्द्र)का तीन जनाको पदावधि सकिंदै छ। विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महराको कार्यकाल सकिंदै छ।

नेकपा (एकीकृत समाजवादी)बाट नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिंदै छ।

उनीहरूको पदावधि सकिन एक महीनाअघि नै माघ ११ मा निर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.