राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन सक्रिय

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली : राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो काम थालेको छ ।

Dadeldhura Hospital

आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रियसभा निर्वाचन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि जिल्लामा समन्वय समिति चाँडो गठन गर्न निर्देशन दिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यस्तै, बैठकले राष्ट्रियसभा निर्वाचनका लागि मतदातालाई माघ ९ गतेभित्र कैलाली आइपुग्न निर्देशन दिने निर्णय पनि गरेको खड्काले बताए ।

बैठकमा समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीका दिनेशचन्द्र सुवेदी, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्द, कांग्रेस कैलालीका सचिव केशव मिश्रलगायतको उपस्थिति रहेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.