सुदूरपश्चिममा माओवादीले फेर्यो दलको नेता,भट्टको सट्टा धामी

sc mahendra

धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ।

आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो।

बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको बुझिएको छ।

यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिए।

धामी यसअघि प्रमुख सचेतक थिए। सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन्।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि बताइएको छ।

नेता फेर्ने बैठकमा तत्कालीन दलका नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए।

धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

उनी सुदूरपश्चिमको पूर्व वनमन्त्री समेत हुन्। सुदूरपश्चिममा माओवादी केन्द्र पनि २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।

You might also like
Leave A Reply

Your email address will not be published.