राप्रपा अध्यक्ष लिङ्देलको व्याङ्य,डडेल्धुराको सदरमुकाम यही नै हो ?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देलले डडेल्धुराबाट पाँच पटक प्रधानमन्त्रि भएको शेर बहादुर देउवाको जिल्लामा आफुले सोचे भन्दा निकै कम विकास भएको बताएका छन् ।

डडेल्धुरा सदरमुकाममा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा लिङ्देलले यस्तो बतएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अध्यक्ष राजेन्द्र लिङ्देलले पाँच पटक प्रधानमन्त्रि भएको शेर बहादुर देउवाको जिल्लाको सदरमुकाम यही नै हो ? कि अर्को सदरमुकाम छ भनेर व्यंग्य समेत गरेका थिए ।

Dadeldhura Hospital

राष्ट्रिय प्रजातन्त्र पार्टि जिल्ला कार्य समिति डडेल्धुराको आयोजनामा राजसंस्था, हिन्दु राष्ट्र स्थापना एबं सुशासनको प्रत्याभुति आजको आवश्यकता भन्ने मुल नाराका साथ आज डडेल्धुरा सदरमुकाममा बृहत आमसभा कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा पार्टि वरिष्ट उपाध्यक्ष रविन्द्र मिश्र तथा सुदुरपश्चिम प्रदेश प्रदेश अध्यक्ष धर्मराज जोशी लगाएतको उपस्थित रहेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला कार्य समिति अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा डडेल्धुराका जनताको मत र मन परिवर्तन भए मात्र डडेल्धुरा जिल्लाको मात्र नभएर देशकै मुहार परिवर्तन हुने बताउनु भयो ।

अध्यक्ष लिङ्देलले पाँच पटक प्रधानमन्त्रि भएको शेर बहादुर देउवाको जिल्लामा आफुले सोचे भन्दा निकै कम विकास भएको भन्दै डडेल्धुराको सदरमुकाम यही नै हो ? कि अर्को सदरमुकाम छ भनेर सोध्नु भएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.