एमाले डडेल्धुराको जिल्ला अधिवेशन परशुराममा हुने,अध्यक्ष ओलीले उद्घाटन गर्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा नेकपा एमाले डडेल्धुरा जिल्लाको ९औं जिल्ला अधिवेशन फागुन ३० गते हुने भएको छ।

फागुन अन्तिम साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ।
नेकपा एमाले केन्द्रिय सदस्य पठान सिंह बोहराले डडेल्धुरा जिल्लाको ९औं जिल्ला अधिवेशनलाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने सामाजिक संजालबाट जानकारी दिएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

फागुन ३० गते परशुराम नगरपालिका- १२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको छ।

उक्त अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ।

अध्यक्षका लागि गजेन्द्र शाही, चक्रप्रसाद स्नेही र विशेश्वरप्रसाद ओझा (विपिन) ले दावेदारी प्रस्तुत गरिरहेको एमाले वृत्तमा चर्चा छ।

शाही एमालेका जिल्ला संयोजक हुन्। स्नेही पूर्व राष्ट्रिय सभा सदस्य र अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पुर्‍याएका ओझा अमरगढी नगरपालिकाका पूर्व मेयर समेत हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.