आज डडेल्धुरा महोत्सवमा धुर्मुस-सुन्तलीको प्रस्तुती

sc mahendra

डडेल्धुरा:सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सवमा चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

फागुन २४ गतेदेखी सुरु भएको महोत्सवको आठौं दिन आज (बिहीबार) चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को प्रस्तुती रहने आयोजक उद्योग बाणिज्य संघ डडेल्धुराले जनाएको छ।

साथै, गायिका एन्जिला रेग्मी तथा मोडेल सुशिला कार्कीको समेत प्रस्तुती रहने छ।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्यले महोत्सवको आयोजना गरेको हो।

फागुन २४ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका—४ टुँडिखेलमा चल्ने छ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.