आलिताललाई पुर्ण खोप  सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

sc mahendra

डडेल्डधुरा : डडेलधुराको आलिताल गाउँपालिकालाई पुर्ण खोप  सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
आज (आइतबार)आलिताल गाउँ पालिकाको सभाहलमा एक कार्यक्रम गरि पालिकालाई  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितीका संयोजक तथा जिल्ला समन्वय समितिको प्रमुख गगन सिं भण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्षता गाउँपालिका अध्यक्ष शेर सिं पार्किले गरेका थिए ।

आलिताल गाउँपालिकाले सबै कार्य पूरा गरि पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा भएको पार्किले बताए । गाउँपालिकाका ८ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको अध्यक्ष पार्कीले बताए ।

उक्त घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले स्वास्थ्य मानव जिवनको पहिलो प्रथमिकता भएकोले यसरी बालबालिकाले पूर्ण खोप पाउनु पालिकाको मात्र प्रगति नभई सरकारकै उपलब्धीमा सहयोग पुगेको बताए ।खोपलाई सामान्य नसोच्न सबैलाई आग्रह गरे । उनले भने खोपले विभिन्न महामारीबाट बच्न सहयोग पुगिरहेको बताए । बिगतका दिनहरुमा सामान्य रोग लागेपछि समाजबाट नै टाढा बस्नु पर्ने अबस्थाको सम्झना गर्दै आजभोली पूर्णखोपका कारण सामाजिक रुपमा पनि परिवर्तन भएको बताए । भण्डारीले सबै मापदण्ड पूरा गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा आलिताल गाउँपालिकालाई धन्यवाद समेत दिए ।

खोप पाउनु बालबालिकाको नैसर्गीक अधिकार भएको समेत सुझाए । उनले भने खोपका कारण मानिसको मृत्युदर घटेको छ,स्वास्थ जिवनयापनमा सहयोग पुगेको छ ,यसरी नै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तर लैजान समेत आग्रह गरे ।

कार्यक्रम संचालक समेत रहेका पालिका स्वास्थ्य शाखा प्रमुख धन बहादुर क्षेत्रीले खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार पालिकाका सबै वडालाई पुर्णखोप सुनिश्चितता घोषणा प्रमाणीकरण गर्ने कार्य समेत गरिसकेकोले पालिकालाई पुर्ण खोप घोषणा गरिएको बताए । उनले भने यस आर्थिक वर्षमा पालिकाका १ हजार १ सय ७६ जना बालबालिकाले पुर्ण खोप पाइसकेकाले पालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको समेत बताए ।
८ वटा वडा भएको पालिकामा करिब तिन हजार पांच सय घरपरिवार रहेका छन् । करिब तिन हजार पांच सय घरधुरी भएको पालिकामा दुई वटा हेल्थ पोष्ट,६ ओटा आधारभुत स्वास्थ्य केन्द्र, दुई वटा सामुदायिक स्वास्थ्य सेवा इकाई , १५ वटा नियमित खोप केन्द्र तथा ६ वटा गाउंघर क्लीनिक र ५५ जना महिला स्वास्थ्य स्वयमस्वबिकाबाट सेवा संचालन गर्दै आइरहेको छ ।
आलिताल गाउंपालिकाले २०७० साल देखि निरन्तर पूर्ण खोप पालिका घोषणा गर्दै आईरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.