आलिताल गाउँपालिकाले ल्यायो ४२ करोड ३१ लाख ५४ हजारको बजेट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले ४२ करोड ३१ लाख ५४ हजार रुपियाँको बजेट ल्याएको छ। सोमबार गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट गाउँसभाको १७औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।
जस मध्ये चालुतर्फ २७ करोड २९ लाख ३४ हजार, ३ सय ३० , पूँजीगततर्फ १५ करोड २ लाख १९ हजार ६ सय ७० बजेट विनियोजन गरिएको छ।

Dadeldhura Hospital

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पालिकाले अनुमान गरेको बजेटको स्रोत मध्ये संघीय राजस्व बांडफाडबाट ९ करोड ९० लाख ९९ हजार ९ सय ९९ ,प्रदेश राजस्व बांडफाडबाट २५ लाख २४ हजार,पालिकाको आन्तरिक स्रोतबाट १ करोड ६५ लाख ,संघीय समानिकरन अनुदानबाट ८ करोड ३२ लाख,प्रदेश समानिकरन अनुदान वाफत ७० लाख ८३ हजार ,संघीय शशर्त ,विशेष र समपुरक अनुदानबाट १९ करोड ८० लाख ४७ हजार प्रदेश समपुरक र बिशेश अनुदानबाट १ करोड ६७ लाख हुनेछ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पुर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष शेर सिं पार्कीले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.