डडेल्धुराको परशुराममा खोलामा डुबेर एक किशोरीको मृत्यु

sc mahendra

डडेल्धुरा । डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। डडेल्धुरा जिल्ला परशुराम नगरपालिकामा  वडा न.११ सलेता बस्ने १७ बर्षिय बसन्ती बिष्टको पुन्तुरा नदीको कौछाडी खण्डको तालमा  नुहाउने क्रममा डुवेर मृत्यु भएको  हो ।

बैजनाथ मा.बि.सलेतामा  कक्षा १० मा अध्यायनरत बसन्ती बिष्टका चारै भाइबहिनी सङ्ग नुहाउन पुन्तुरा खोलाको कौछाडी खण्डमा गइ नुहाइरहेको समयमा  तालमा डुब्दा मृत्यु भएको स्थानियले बताएका छन। घटनाको जानकारी पछि इलाका प्रहरी कार्यालय जोगबुडाको टोलि घटनास्थलमा जादै गरेको छ। त्यहाँ पुगे पछि सत्यतथ्य बाहिर आउने प्रहरी निरीक्षक गगन सिंह भाटले बताएका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.