सुदूरपश्चिममा एक उपाध्यक्षसहित ४ वडाध्यक्षको पद रिक्त, उपनिर्वाचन गर्ने तयारी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको पद रिक्त छ।

बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका पाँचवटा पद रिक्त रहेको जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

निर्वाचन आयोगले रिक्त पदका लागि निर्वाचनको तयारी थालेको छ। आयोगले रिक्त पद पूर्तिका लागि आन्तरिक तयारी थालेको हो। स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले उपनिर्वाचनको मिति तोक्ने व्यवस्था छ।

मतदाता नामावली ऐन,२०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही कारण नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न आयोगले भनेको छ।

रिक्त पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने तयारी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.