परशुराममा सुत्केरी महिलाहरूका लागि ‘उपमेयर कोसेली’ कार्यक्रम सुरू

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा सुत्केरी महिलाहरूको स्वास्थ्य र पोषण सुधारका लागि उपमेयर कोसेली वितरण कार्यक्रम सुरू गरिएको छ। यो कार्यक्रम मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषण सेवा सर्वसुलभ बनाउने, र स्वास्थ्य सेवाको उपयोगिता वृद्धि गर्ने लक्ष्यका साथ लागू गरिएको हो।

नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा ८ पटक गर्भ जाँच गराएका र संस्थागत रूपमा सुत्केरी भएका महिलाहरूलाई कोसेली वितरण गरिनेछ। स्वास्थ्य शाखा परशुरामका संयोजक हिक्मत बहादुर धामीका अनुसार, कार्यक्रमबाट करिब १५० सुत्केरी महिलाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

शनिबार नगर उपप्रमुख बिमला कुमारी बोहरा (महताले) जोगबुडा अस्पतालमा आयोजित कार्यक्रममा कोसेली वितरणको शुभारम्भ गर्नुभएको हो। कोसेलीमा सन्देशसहितको झोला, १ किलो घ्यू, १ किलो चना (दाल), १ किलो नुन, १ थान नेलकटर, १ थान बच्चा साबुन, र १ क्रेट अण्डा समावेश गरिएको छ।

नगर प्रमुख भरत वडायर जोशी, उपप्रमुख बिमला कुमारी बोहरा, र अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सुरू गरिएको हो। उपमेयर कोसेली कार्यक्रम स्वास्थ्य चौकी सादनी, स्वास्थ्य चौकी परिगाउँ, स्वास्थ्य चौकी कटाल, र आधारभूत स्वास्थ्य केन्द्र सलेता हुँदै निरन्तरता दिइनेछ।

कार्यक्रमले सुत्केरी महिलाहरूलाई पोषणयुक्त आहारको पहुँच पुर्‍याउँदै मातृ र बाल स्वास्थ्यमा सुधार ल्याउने विश्वास गरिएको छ। यसले समुदाय र स्थानीय स्वास्थ्य संस्थाबीच सहकार्य मजबुत बनाउने र स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने उद्देश्य लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.