डडेल्धुरामा अवैधानिक औषधि कारोबार खुलासा, एक क्लिनिक सिल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, १५ वैशाख —डडेल्धुरामा अवैधानिक औषधि कारोबार खुलासा पछि एक क्लिनिक सिल गरिएको छ ।

मानिसको स्वास्थ्यसँग सम्बन्धित पसलमा दर्ता विना सञ्चालन गर्दै आएको डडेल्धुराको एक क्लिनिकलाई सोमबार सिल गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको संयुक्त अनुगमन टोलीले अमरगढी नगरपालिका–४ स्थित ‘आयुषा फार्मेसी एण्ड बैजनाथ क्लिनिक’लाई सिल गरेको हो। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय नजिकै रहेको यो फार्मेसी लामो समयदेखि दर्ता नवीकरण नगरी अवैधानिक रूपमा सेवा दिइरहेको पाइएको थियो।

Dadeldhura Hospital

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहका अनुसार फार्मेसीले पहिले दर्ता गरे पनि नवीकरण नगरी निरन्तर सञ्चालन गर्दै आएको पाइएपछि सिलबन्दी गरिएको हो।

अनुगमनका क्रममा फार्मेसीमा म्याद गुज्रिएका औषधिहरू समेत बिक्रीका लागि राखिएको भेटिएको साहले जानकारी दिए। टोलीले फार्मेसी सञ्चालकलाई एक साताभित्र कानुनी प्रक्रिया पूरा गर्न कडाइका साथ निर्देशनसमेत दिएको छ।

त्यसैगरी, जिल्लाको सदरमुकाम क्षेत्रका अन्य ११ वटा फार्मेसीमा गरिएको निरीक्षणमा पनि गम्भीर लापरवाही फेला परेको छ। अनुगमनमा बिल नदिने, म्याद सकिएका औषधिहरू नहटाउने र पसलको सरसफाइमा बेवास्ता गरिएको तथ्य उजागर भएको छ।

अनुगमन टोलीले सबै औषधि व्यवसायीहरूलाई बिल काट्दा सम्पूर्ण विवरण स्पष्ट राख्न र पसल सफा राख्न अनिवार्य निर्देशन दिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.