डडेल्धुरामा बजाजको मोटरसाइकल साटा–साट मेला, विशेष छुटसहित सुविधा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : बजाज कम्पनीले डडेल्धुराको सदरमुकाम तुफानडाँडामा मोटरसाइकल साटा–साट मेला सुरु गरेको छ। असार ६ गतेदेखि सुरु भएको मेला असार ११ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मेलामा पुराना मोटरसाइकलको प्राविधिक मूल्यांकन गरी नयाँ मोटरसाइकलसँग साट्ने सुविधा दिइएको छ। साथै, ग्राहकले ५० प्रतिशत रकम बुझाएर बाँकी रकम ३–५ हजार रुपैयाँ मासिक किस्तामा तिर्न सक्नेछन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कम्पनीले दशैं–तिहारको तुलनामा अहिले विशेष छुट दिइएको दाबी गर्दै फाइनान्समार्फत खरिद गर्ने ग्राहकलाई ६ हजार नगद छुट, हेल्मेट, लेकगार्ड निःशुल्क र झोला उपहार दिने जनाएको छ।

पुरानो मोटरसाइकल विनिमय गर्दा मूल्यांकनमा १० हजार रुपैयाँ थप गरिनुका साथै हेल्मेट र लेकगार्ड निःशुल्क दिइने व्यवस्था गरिएको छ।

मेला कैलालीको अत्तरियामा रहेको रुद्र अटोमोटिभ्सले सञ्चालन गरिरहेको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.