डडेल्धुराबाट प्रतिनिधि सभाका लागि एमालेका तीन नेता सिफारिस

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : नेकपा एमालेबाट प्रतिनिधि सभाको निर्वाचनका लागि डडेल्धुरामा तीन जना नेताको नाम सिफारिस गरिएको छ।

एमाले केन्द्रीय सदस्य पठानसिंह बोहरा प्रतिनिधि सभाको निर्वाचन लड्ने गरी सिफारिसमा परेका छन्। त्यसैगरी पूर्व राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेही र एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा संविधान सभा सदस्य ज्ञानु गैरेको नाम पनि सिफारिस गरिएको छ।
एमाले डडेल्धुराको आज बसेको बैठकले ती तीनै जनाको नाम प्रतिनिधि सभाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
पठानसिंह बोहरा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्रीसमेत हुन्। उनी २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभाको डडेल्धुरा ‘क’ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। तर २०७९ सालको प्रदेश सभा निर्वाचनमा उनी तत्कालीन माओवादी केन्द्र (हालको नेकपा) का नेता खगराज भट्टसँग पराजित भएका थिए।
बोहरासँगै ज्ञानु गैरे र चक्रप्रसाद स्नेहीको नाम पनि प्रतिनिधि सभाको उम्मेदवारका रूपमा सिफारिस भएपछि डडेल्धुराको राजनीतिक सरगर्मी बढेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.