ग्यास हाहाकारबीच उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष बिहीबार राजीनामा बुझाएकी हुन् ।

देशभर करिब एक महिनादेखि खाना पकाउने ग्यासको हाहाकार भइरहँदा मन्त्री गौरी कुमारीले निरीहता प्रकट गर्दै आएकी थिइन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकलाई सम्बोधनका क्रममा उनले आफू निरीह भएर बस्नु परेको दुखेसो पोखेकी थिइन् । उनले उक्त बैठकमा उपभोक्तालाई ग्यास नदिने उद्योगीलाई पाता कस्नुपर्ने बताएकी थिइन्।

उनले हाल देशभर ग्यास उपलब्ध गराउने ५८ वटा उद्योषग रहेको बताउँदै ती सबैलाई खारेज गरिदिएर नेपाल आयल निगम आफैंले उद्योग खोल्नुपर्ने बताएकी थिइन्।

आफूहरूलाई पाता कस्नुपर्ने अभिव्यक्ति दिएपछि उद्योगीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा बुधबार नै गुनासो गरेका थिए । त्यसपछि बालेनका सचिवालय सदस्यहरूले उद्योगीलाई बोलाएर थामथुम पार्ने प्रयास गरेका थिए । उद्योगीहरूले मन्त्रीको बोली नसच्याए ग्यास आपूर्ति रोक्ने पनि चेतावनी दिए ।

Dadeldhura Hospital

मन्त्री गौरी कुमारीले बुधबार उद्योगीहरूले गर्दा आफू निरीह भएर बस्नुपरेको बताएकी थिइन् । सरकारले ग्यास आपूर्ति गराउन नसक्दा अहिले घाम र झरीमा पनि उपभोक्ताहरू कयौँ दिनसम्म लाइन बस्न बाध्य छन्।

यस्तो समस्याको दोष उनले उद्योगीलाई थोपरेकी थिइन् । ‘उद्योगीहरूले गर्दा आज म निरीह भएर बसेको छु। निरीह र लाचार हुनुपरेको छ, ग्यास वितरणमा उद्योगीहरूले धोका दिए’, उनले बैठकमा भनेकी थिइन्, ‘उद्योगीहरूले गर्दा सरकारलाई समस्या भयो । पैसा तिरेर पनि ग्याससहितका उपभोग्य सामान पाइँदैन भनेको सुन्दा हामीलाई लाज लागेको छ। ५८ वटा बिक्रेताले ग्यास बेचिरहँदा पनि उपभोक्ताकहाँ पुर्‍याइरहेको छैन । हामी निरीह भएका छौँ।’

उद्योगीहरूले तीन(तीन हजार सिलिन्डर ग्यास नियमित रुपमा काठमाडौंमा ल्याइदिएको भए यो समस्या नहुने तर्क गरेकी थिइन् । ‘अब हामी एउटा ग्यास उद्योग खोल्छौँ । आयल निगमले ग्यास उद्योग खोल्नै पर्छ। हामीसँग ग्यास उद्योग भएको भए घर घरमा पुर्‍याउन सक्थ्यौँ। यस्तो भन्ने मौका हुँदैनथ्यो । आयल निगमलाई ग्यास उद्योग खोल्नेतिर अब अघि बढाउँछौँ’, उनले भनेकी थिइन्।

उनले अहिलेको समस्याप्रति निरीहता प्रकट गर्दै अगाडि जे निर्देशन हुन्छ, त्यहीअनुसार अगाडि जाने बताएकी थिइन् । तर निर्देशन कसले गर्ने भन्ने उनले खुलाएकी थिइनन्। अब सरकार आफैंले ग्यास उद्योग चलाउने घोषणा गरेको भोलिपल्टै मन्त्री गौरीकुमारीले पदबाट हात धुनुपरेको हो ।

मन्त्री गौरी कुमारीले नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरी आपूर्ति व्यवस्थाःलाई प्रभावकारी बनाउने बताएकी थिइन् । तर चाडवाडको मुखमा अनुगमन गर्नुपर्ने विभागीय मन्त्रीले नै पदबाट हात धोइन् ।

‘कालोबजारी रोक्न बजार अनुगमन तीव्र बनाएका छौँ । म अगाडि पनि प्रभावकारी रुपमा जान्छु’, उनले भनेकी थिइन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका १४४ जिल्लाका १९३ स्थानबाट सहुलियतमा सामान बेच्छौँ। नेपाल फुड्स ब्रान्डका खाद्यान्नको विक्रीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएका छौँ।’

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.