फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने मेयर साम्पाङको चेतावनी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ १६

Dadeldhura Hospital

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन्। उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन्।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ। अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु।’
उनले तुरुन्तै अर्को स्टाटस लेख्दै भनेका छन् “बिरोध गर्न लोकतन्त्रमा पाईन्छ । तर्क सहितको बिरोध र बहसलाई सदैब धन्यबाद दिदै आएको छु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गाली गर्न कसैलाई छुट छैन पत्ता लगाएर जेल हाल्न नपरोस् “।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.