पूर्व राष्ट्रिय सभा सदस्य महेश कुमार महराको प्रचण्डप्रति तीखो प्रहार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौ वटै कम्युनिष्ट पार्टी मिलाएर नयाँ “नेपाली कम्युनिष्ट पार्टी” गठन गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ। यसबीच, पूर्व राष्ट्रिय सभा सदस्य महेश कुमार महराले प्रचण्डको नेतृत्वबाट अलग भएर नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन्।

महरा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने नेताका रूपमा परिचित छन्। उनले २०७४ फागुन २१ गतेदेखि २०८० फागुन २० गतेसम्म राष्ट्रिय सभाको सदस्य रहँदै कानुन निर्माण, संसदीय निगरानी र संघीय शासन सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
राष्ट्रिय सभाबाट विदाईको फोटो
राष्ट्रिय सभाबाट विदाईको फोटो

 

दश वर्षे जनयुद्धका योद्धा महरा युद्धकालमा भुमिगत रहँदै प्रत्यक्ष रुपमा माओवादी आन्दोलनमा संलग्न थिए। युद्धकै क्रममा उनी गम्भीर रूपमा घाइते भएका थिए र अहिले पनि शरीरमा गोलीका टुक्रा लिएर हिँडिरहेका छन्।

घाइते महरा
              घाइते महरा

 

Dadeldhura Hospital

डडेल्धुराको आलिताल गाउँपालिका–३ भुङडा स्थायी घर भएका महरा आफ्नो इमानदार र निस्वार्थ स्वभावका कारण स्थानीय तथा राजनीतिक वृत्तमा लोकप्रिय व्यक्तित्व मानिन्छन्। उनले विभिन्न सामाजिक कार्यमार्फत जनताको मन जित्दै आएका छन्।

तर हालै प्रचण्डले माओवादी विचारधारा परित्याग गरेर नयाँ कम्युनिष्ट पार्टी गठन गरेपछि, महराले प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्—

तिम्रो रेलगाडीमा सहिदका सपना, बेपत्ता पारिएका परिवारको पीडा, रगतले सिञ्चिएको रातो झण्डा फहराउन सकिरहेका छैनौं। तिम्रो रेलगाडीमा मलद्वारलाई हरिद्वार भन्नेहरूले सिट भरिसकेका छन्।”

महराले दलाल पूँजीवादीका भरौंटेहरूलाई साथ लिएर समाजवादको नारा लगाएको भन्दै प्रचण्डको नेतृत्वमा यात्रा गर्न अस्वीकार गरेका छन्।

उनले प्रचण्डबाट टाढिए पनि जनयुद्धका आदर्श र सहिदका सपना प्रति आफू सधैं निष्ठावान रहने बताएका छन्।

साथै, प्रचण्डलाई आदर्श नेता मानेका माओवादी कार्यकर्ताहरूको ठूलो समूह पनि असन्तुष्ट हुँदै उनको बाटोबाट टाढिंदै गएको देखिएको छ।

mahesh
महराले सामाजिक संजालमा लेखेको स्टाटस
डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.