डडेल्धुराको परशुराममा १५ वर्षीय युवकको सर्पको टोकाइबाट मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुरामा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जितेन्द्र ओखेडा रहेका छन्।

बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जितेन्द्र आफैंले सर्प मारेर फेरि ओछ्यानमा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई वैद्यकहाँ लगिएको थियो।

त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ। ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.