चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत आज

shuvakamana

डडेलधुरा । चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत आज लाग्दैछ । डडेल्धुरा गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कात्तिक शुक्ल दशमीको दिन शुक्रबार राति (रतेडी) र दोस्रो आज दिन (दिउसेडी) लाग्दै छ ।
चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेलिने गरिन्छ ।
मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ । मूल देवरो मालीगाँउबाट ल्याउने चलन रहेको छ । भने रुमायल, बडाल, कुजाकोट स्थानबाट देवरो आउने गरेको जानकार बताउने गरेका छन् ।
जाँतमा मन्दिरको पूजा र दर्शन गर्न छिमेकी जिल्लासहित कैलाली, कञ्चनपुर लगायत भारतबाट भक्तजनको घुँईचो लाग्ने गरेको छ ।
आज बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ । दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुनेगर्छ ।
मेलामा आफ्न्तहरुले भेटघाट गर्दै आफ्ना सुखदुःखका कुरा साटासाट हुनेगर्छ । मेलामा स्थानीय स्तरमा उत्पादित बस्तु र कृषि उपजको व्यापारसमेत हुने गर्दछ ।

सम्बन्धित समाचार
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.