गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा लफ’डा भएको छ । सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा यस्तो भएको हो ।
समीक्षा आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै त’नाव उत्पन्न भएको थियो । प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ ।
सङ्खुवासभा प्रहरीका एक अधिकारीले भने, ‘कार्यक्रममा सामान्य त’नाव भएको थियो । दर्शक दीर्घाबाट हो हल्ला भयो । तर प्रहरी खटिएकाले त्यस्तो कुनै घटना हुन पाएन ।’
एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी भएकी थिइन् । आयोजकले मेलाका अवसरमा साङ्गीतिक साँझको आयोजना गरेको थियो । सोही कार्यक्रममा प्रस्तुति दिन उनी त्यहाँ पुगेकी थिइन् ।
उनीमाथि स्टेजमै ढुङ्गा प्रहा’र भएको भन्ने खबरहरू आएपनि प्रहरीले भने त्यस्तो नभएको बताएको छ । समिक्षाले आफनो प्रस्तुति दिइरहँदा हो’हल्ला भएको र त्यसै विचमा ढुङ्गा प्र’हार भएको थियो।
यो घट्नाले कार्यक्रमस्थलमा तना’व भएको थियो। ढुंगा हानिएपछि समीक्षाले स्टेजबाटै त्यस्तो नगरिदिन भनेकी थिइन्। उनले भनिन्– ‘तपाईंको घरमा पनि दिदी बहिनी होलान्, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि!’ ढुङ्गा हान्नेको परिचय भने खुलेको छैन।