Citizan

आलिताल-२ को अर्धबार्षिक समिक्षा बैठक सम्पन्न,बिद्युत नि:शुल्क देखि उच्च मा.वि. संचालन सम्म

suchana alital
Chure

षौष २३
डडेल्धुराको आलिताल गाउँ पालिका वडा न.२ ले अर्धबार्षिक समीक्षा सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०७९/८० को वडाबाट बिनियोजित बजेटबाट के के काम भइरहेका छन भन्ने बिषयमा समीक्षा भएको थियो । समिक्षामा वडा सचिव लाल बहादुर मडैले अर्धबार्शिकमा भए गरेका कामको प्रगती विवरण प्रस्तुत गरेका थिए , भने वडा अध्यक्ष प्रमोद मल्लले आफुले गरेका कामहरुलाई प्रस्तुत गरेका थिए ।

lali

glam &
dipti
Citizan

सो प्रस्तुत विवरणमा २०१६ सालमा स्थापना भएको श्री उणिकोट माध्यमिक बिध्यालयमा कक्षा ११ र १२को पठनपाठन संचालनमा आएको,नेपाल टेलिकमको टावरबाट संचार सुविधा सहजताको लागि दुरसंचार कार्यालयसंग समन्वय गरि संचार सुविधा सहज भएको,.वडा नं.१ र २ को विशेष पहलमा गैरा गांखेत सडक बर्षातको समयमा संचालनमा आएको,वडा नं.२ को सिमा क्षेत्र भित्र मदिरा तथा जुवातास लगायतका कार्यहरु पूर्णरुपमा निषेधित गरिएको तेस्तै वडा नं.२ का प्रत्येक घरधुरिलाई विद्युत सेवा (महशुल)निशुल्क गरिएको,सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरण गर्न सुरु गरिएको,वडा न. २ का सम्पुर्ण ग्रामिण सडकहरु सरसफाई गरि यातायातमा सहजता ल्याइएको,वडा नं.२ अन्र्तगत आ.व.२०७९/०८० मा संचालित सम्र्पुण योजनाहरुको उपभोक्ता समिति गठन भइसकेको, नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन विस्तारका लागि १८४ फलामे पोल सहित काम कार्वाहि अगाडि बढाइरहेको र परम्परागत कृषि प्रणलीलाई आधुनिकिकरणमा लैजाने र युवाहरुलाई स्वरोजगार बनाउने जस्ता कामहरु प्रस्तुत गरिएको थियो ।

वडा अध्यक्ष मल्लले प्रस्तुत गरेको कामहरुको नागरिकले प्रसंशा समेत गरेका थिए । तेस्तै कार्यालयमा भए गरेका आम्दानी विवरण पनि प्रस्तुत गरिएको थियो । वडा सचिव मडैले प्रस्तुत गरेको प्रगति बिवरणमा मालपोत भुमिकर वाफत ५ हजार ९ सय ९७ रुपैयां ,घरकर वाफत ५ हजार ४ सय रुपैयां,व्यवसाय कर वाफत २ सय ४२ रुपैयां,सिफारिस दस्तुर वाफत १६ हजार ३ सय रुपैयां,घटना दर्ता शुल्क वाफत ८ हजार ४ सय रुपैयां गरि जम्मा ३६ हजार ३ सय ३९ रुपैयां आम्दानी भएको बताए । प्रस्तुत विवरण माथि छलफल भएको र नागरिकबाट आएको सल्लाह सुझवलाई आत्मसाथ गर्दै अगाडी बढ्ने अध्यक्ष मल्लले बताए । उनले आर्थिक सुशासन,कामको पार्दशिता र नागरिकलाई सुचनाको पहुचमा राख्न समिक्षा कार्याक्रमको थालनी गरेको समेत बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.